२०७५ पुष १ गते १२:३९ विकासन्युज
काठमाडौं । नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताब गरेको छ ।
प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा केही कम हो । गत वर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् ।
गत बर्ष बैकले एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ ।
पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बैंकको जगेडा कोषमा पाँच अर्ब २६ करोड रुपैयाँ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.