२०७५ पुष १ गते २०:४३ विकासन्युज
काठमाडौं । डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण सम्बन्धी सम्मेलन आयोजना हुने भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युड अफ नेपाल (बीएफआईएन) ले यही डिसेम्बर २३ तारिखका दिन काठमाडौंको होटल र्याडिसनमा एकदिने सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नेपाल तथा भारतका विज्ञ तथा व्यवस्थापकहरुले आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
सम्मेलनमा भारतको टाटा कन्सल्टेन्सी सर्भिसेज फाइनान्सियल सोलुसनका उपाध्यक्ष आर. विवेकानन्द, भारतको आईडीएफसी बैंकका मानव संसाधन निर्देशक प्रतिक दुवे, रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ इण्डियाका महासचिव राकेश अग्रवाल, साउथ एशिया फास्ट ट्रयाक एण्ड एनालाइसिस्टका सम्पादक सौरजित ऐयर लगायतलाई आमन्त्रण गरिएको छ ।
त्यस्तै, पूर्व मुख्यसचिव विमल कोइराला, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना र नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईँले सम्मेलनको विभिन्न सेसनको अध्यक्षता गर्नेछन् भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, माइक्रोसफ्टका क्षेत्रीय निर्देशक एलेन विलोचन तुलाधर, नेपाल इन्भेष्टमेन्ट बैंकका सह–महाप्रबन्धक विजेन्द्र सुवालले वक्ताका रुपमा रहेका छन् । त्यस्तै बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, ग्लोबल आइएमई बैंककी सहायक महाप्रबन्धक आरती राणा, संजित कुमार, प्रभु बैंककी मानव संसाधन र व्यवसायिक योजना विभाग प्रमुख रश्मी पन्त र लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले पनि कार्यक्रममा बोल्नेछन् ।
उक्त सम्मेलनमा सहभागी हुन बीएफआईएनका सदस्यहरुले प्रतिव्यक्ति ९००० रुपैंया र सोबाहेकका अन्यले १०००० रुपैंया तिर्नुपर्ने आयोजकले जनाएको छ । उक्त रकममा भ्याट समावेश नगरिएको समेत आयोजकले बताएको छ ।
उक्त सम्मेलनका लागि दराज डटकम, नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक, कुमारी बैंक, मर्कन्टाइल लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए । अात्रेयले सम्मेलनमा विश्वमा सूचना प्रविधिकाे अाविष्कारसँगै राेजगारीकाे अायामहरुमा परिवर्तन अाउँदै गरेकाे परिप्रेक्षमा भावी दिनहरुमा हुनसक्ने परिवर्तन र त्यस्ता परिवर्तनसँग मानवस्राेतकाे रुपान्तरण कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञहरुले अाफ्ना विचार प्रस्तुत गर्ने र छलफल हुने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.