२०७५ पुष २ गते १७:२३ विकासन्युज
काठमाडाैं । अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंक बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्ध सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकहरूलार्इ अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.