बाेनससहित १५ प्रतिशत लाभांश घोषणासँगै हिमालयन बैंकको सेयर मूल्य घट्यो

  २०७५ पुष ४ गते १३:१८     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव हालै बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले लाभांश घोषणा गरेपछि कम्पनीका लगानीकर्ताहरु निराश देखिएका छन् । बजारमा बैंकको सेयर मूल्य घट्नुले सेयरधनीहरु निराश भएको बुझ्न सकिन्छ । बुधबार प्रतिकित्ता ५२६ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ४८५ रुपैयाँसम्म पुगेको थियो । दिउँसो करिब साँढे १ बजे कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.