२०७५ पुष ४ गते १३:५१ विकासन्युज
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराइले कम्पनिको पछिल्लो अवस्था र भावी कार्ययोजना बताउदै हरेक वर्ष नयां बीमा योजना ल्याउने र फरक ढंगले कार्य गरी निरन्तरता दिने बताएका छन् ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि सुचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी उपस्थित थिए । कार्यक्रममा मार्केटिङ्ग विभाग प्रमुख नवीन थापाले अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै, सबैसंग अन्तक्रिया गरी आगामी दिनमा कम्पनीको व्यवसाय वृद्धि गर्न आफ्नो स्थानबाट जुट्नु पर्ने बताएका छन् ।
बुटवल शाखा प्रमुख रिता के.सी. को सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अतिथि प्रदेश प्रमुख शिव पौडेल लगायत, अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरे, परासीका प्रमुख शिवनाथ गुप्ता, भैरहवाका प्रमुख सन्तोष अर्याल, बुटवल शाखाका अप्रेशन इन्चार्ज सुरेश ज्ञवाली लगायतको उपिस्थत रहेको थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३० भन्दा बढी एजेन्सी मेनेजरहरुलाइ सम्मान गरिएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.