एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस पारित, निक्षेप १ खर्ब ६९ अर्ब नजिक

  २०७५ पुष ४ गते १५:१८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित भएको छ । बुधबार बसेको बैंकको २१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले कर प्रयोजनको लागि ०.५२६ प्रतिशत अर्थात ४ करोड २२ लाख ६९ हजार ०३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ ।

८ अर्ब ०३ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १० प्रतिशत बोनस पछि ८ अर्ब ८३ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, बैंकको अधिकृत पुँजी ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

साथै, साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड सहितको गत आर्थिक वर्षको एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आर्थिक वर्ष २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परिक्षकमा नियुक्त गरेको छ ।

बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.