२०७५ पुष ४ गते १५:४५ विकासन्युज
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनको नारायणगढ शाखा, बेलचोकमा एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमकाे उद्घाटन गरेका छन् ।
बैंकले काठमाडौं उपत्यकाको १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन भईरहेको जानकारी दिएका छन् । बैंकले हालसम्म ५८ वटा एटिएमबाट सेवा प्रदान गर्ने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.