चितवनको माडी नगरबासीले पाउने भए ५ लाखसम्मकाे निःशुल्क बीमा

  २०७५ पुष ५ गते ११:१४     विकासन्युज

काठमाडौं । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ ।

जङ्गली जनावरको आक्रमण, बाढी लगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि सारेको हो । शिखर इन्सुरेन्ससँग नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्ने भएको छ ।

माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ । नगरप्रमुख ठाकुरप्रसाद ढकालका अनुसार विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको स्वरुप रु पाँच लाख पाउने बताएका छन् । माडीमा वन्यजन्तुले वर्षेनी कृषिबालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकालको भनाई रहेको छ ।

यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको र जनावरको आक्रमणबाट घरका अभिभावक (बाबु अथवा आमा) को मृत्यु भए उनका सन्तानलाई रु पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाले गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.