२०७५ पुष ५ गते ११:१५ विकासन्युज
काठमाडौं । अर्थ मन्त्रालयद्वारा गठित डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिले अर्थ मन्त्रीलाई मुद्रा बजार र पुँजी बजार सुधार र विद्यमान समस्या समाधानका विषयमा प्रतिवेदन बुझाएको भोलिपल्ट नेपाल राष्ट्र बैंकले सबै बैंकर संघका प्रतिनिधिहरुलाई राष्ट्र बैंकमा छलफलका लागि बोलाएको छ । राष्ट्र बैंकले बिहीबार दिउँसो उनीहरुलाई छलफलमा बोलाएको हो ।
छलफलमा प्रतिवेदनमा राष्ट्र बैंकले गुर्नुपर्ने भनि उल्लेख गरिएका कामको रुपमा समेटिएका विषयहरु कसरी कार्यान्वयन गर्ने भन्नेबारे छलफल गरी आवश्यक निर्देशन बैंक तथा वित्तीय संस्थाहरुलाई दिने बताइएको छ । डेपुटी भर्नर श्रेष्ठले प्रतिवेदनले दिएका सुझावहरु राष्ट्र बैंकले तत्कादै कार्यान्वयन सुरु गर्ने बताएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.