राष्ट्रिय बीमा संस्थानले शतप्रतिशत पुनर्बीमा गर्ने, विदेशिने रकम रोकिने

  २०७५ पुष ५ गते १७:५०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग शतप्रतिशत पुनर्बीमा गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् ।

सरकारले चालू आर्थिक वर्षमा बीमा कम्पनीहरुले आफ्नो प्रत्यक्ष हिस्साको कम्तिमा २० प्रतिशत अनिवार्य नेपाल पुनर्बीमा कम्पनीमार्फत पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको शुरुदेखि नै राष्ट्रिय बीमा संस्थानको पुनर्बीमा व्यवसाय शतप्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा हुने हुँदा दुवै कम्पनी लाभदायी हुने कम्पनीले जनाएकाे छ ।

साथै, यसबाट पुनर्बीमा मार्फत विदेशिने रकम रोकिने कम्पनीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.