२०७५ पुष ६ गते १३:४६ विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहक वर्गका लागि चीप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड संचालनमा ल्याएकाे छ ।
बैंकले कार्डबाट हुने बैकिङ्ग कारोबारलाई थप सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।
ग्राहकले यस कार्डबाट सजिलै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्नेछन् । साथै, विदेश भ्रमणका लागि तयारी गरिरहेका ग्राहकहरुले उक्त कार्डको प्रयोग गर्न सक्ने भएका छन् ।
बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा-सुविधा प्रदान गर्ने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.