मुक्तिनाथ विकास बैंकको शाखा मोरङ्गको उर्लाबारीमा

  २०७५ पुष ६ गते १५:०६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङ्गको उर्लाबारीमा नयाँ शाखा विस्तार गरेको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको जाँदै जान आग्रह गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, एटिएम.कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोबिन्दबहादुर राउत, स्थानीय जन प्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.