अजोड इन्स्योरेन्स र ओम हस्पिटलबीच क्यासलेस सेवा सम्झौता

  २०७५ पुष ६ गते १८:५४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेण्टर बीचनगद रहित(क्यासलेस) उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ओम हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।
अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र आगामी दिनमा पनि धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ ।

त्यस्तै, इन्स्योरेन्सले देशैभरीका हस्पिटलसंग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका विभिन्न हस्पिटलमा उक्त सम्झौता गरिसकेको छ । साथै, उपत्यका बाहिरका अस्पतालमा पनि छिटै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.