नेपाल लाइफको उप कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ चयन

  २०७५ पुष ८ गते १२:१३     विकासन्युज


काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई चयन भएका छन् ।

यही पुस ६ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई उप प्रमुख कार्यकारी अधिकृतमा चयन गर्ने निर्णय गरेको हो ।

पुस ८ गतेदेखि लागू हुने गरी प्रसाईँलाई उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीका वित्त, लेखा तथा मानव संसाधन विभाग प्रमुख रोशन दवाडीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.