लमही-तुलसीपुर सडक चार लेनको बन्ने, एक अर्ब ६ करोडमा निर्माण पूरा गर्ने संझौता

  २०७५ पुष ८ गते १६:४२     विकासन्युज

लमही । दाङको लमही-तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ ।

उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।

दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताए ।

उनका अनुसार अबको एक महिनामा चार लेन बनाउने काम शुरु भइ दुई वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्नेछ । भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको लगानीमा सडक चार लेन बन्न लागेको निर्देशक खनालले बताए । सो सडक बनाउने काम आइसिवी प्रणालीद्वारा हुने भन्दै गुणस्तरीय हुने उनको भनाइ छ ।

बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिने छ । सडक चार लेन बनाउने विषयमा यसअघि पनि सरकारले बजेट भाषण भए पनि काम शुरु हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.