नागिडाडा आन्तरिक विमानस्थलकाे काम सुस्त, क्षेत्र निर्धारण नै हुन सकेन

  २०७५ पुष ९ गते ११:४९     खेमराज श्रेष्ठ

काठमाडौं । नागिडाडा आन्तरिक विमानस्थलको काम सुस्त गतिमा अघि बढेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग्याउन बनाउन लागिएको सो विमान स्थलको कार्यप्रगति हुन सकेको छैन ।

नागरिक उड्यान प्राधिकरणले विमानस्थलको क्षेत्र निर्धारण र वातावरणिय प्रभाव मूल्याङकन वातावरण मन्त्रालयमा पेश गरेको छ । तर हालसम्म स्वीकृति हुन सकेको छैन । नागिडाडा विमानस्थलको कार्यप्रगति सन्तोसजनक नरहेको प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए ।

‘नागिडाडामा विमानस्थल बनाउन केहि भौगाेलिक कठिनाई रहेको छ, तर यसको क्षेत्र निर्धारण नै हुन नसकेकोले अरु काम अघि बढ्न सकेको छैन, प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने क्षेत्र निर्धारणको काम भएपछि डीपीआर निर्माणको लागि काम अघि बढाउँछौं ।’ नागिडाडाको क्षेत्र निर्धारण सम्बन्धी फाइल अध्ययनकै क्रममा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

बनेपा नगरपालिकाको ११ र १२ नम्बर वडामा पर्ने विमानस्थल निर्माणबाट पर्ने स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणाली र पर्ने प्रभावको अध्ययन गरी प्राधिकरणले स्वीकृतिको लागि वातावरण मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । ईआईएको प्रतिवेदन परामर्शदाता प्याक्ट कन्सलट्यान्ट प्राइभेट लिमिटेडले तयार पारेको हो ।

विमानस्थल बन्ने स्थान नागिडाडा

आन्तरिक हवाइजाहाज उडान र अवतरणकाका लागि निर्माण हुने प्रस्तावित विमानस्थलको उत्तर–दक्षिण फैलिने रनवे स्ट्रीप १५०० मि। १५० मी, एप्रोन ५५ हजार वर्गमिटर र विमानस्थल टर्मिनल स्टाफ क्वाटर समेत गरी थप ७ हजार वर्गमिटर रहनेछ । चालू आर्थिक वर्षका लागि यस आयोजनामा २५ करोड बजेट विनियोजन गरिएको छ ।

विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो ।

यस विमानस्थलमा १२ सय मिटरको धावनमार्ग र ३ सय मिटरको चौडाईमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सकिनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ ।

आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।

याे पनि हेर्नुहाेस्

नागीडाँडामा विमानस्थल ४० मिटर खार्नुपर्ने, २० लाख क्युबिक मिटर माटो अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.