सिमेन्टलाई कंक्रीट र प्लास्टरमा कसरी प्रयोग गर्ने विषयमा शिवम् सिमेन्टले गर्यो गोष्ठी कार्यक्रम

  २०७५ पुष १० गते १७:००     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत “मजबुत निर्माणमा गुणस्तरिय सिमेन्टको भुमिका” बारेमा सचेतनामुलक गोष्ठी सम्पन्न गरेको छ । शिवम् सिमेन्टले पुर्वको गौरादहमा गरेको उक्त कार्यक्रममा निमार्ण व्यवसायी, ठेकेदार, मिस्त्री, इन्जिनियरको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट प्राविधिक विज्ञ आनन्द चतुर्वेदीले सिमेन्टलाई कंक्रीट र प्लास्टरमा सहि तरिकाले प्रयोग गर्न प्राविधिक ज्ञान तथा ओ.पि.सी. सिमेन्टको फाइदा र विशेषताको बारेमा जानकारी गराएका थिए ।
कुनै पनि निर्माण बलियो बनाउन राम्रो बालुवा कसरी छान्ने, राम्रो इट्ठा कसरी छान्ने, राम्रो सिमेन्ट कसरी छान्ने आदि जस्ता विषयमा पनि उक्त कार्यक्रममा छलफल गरिनुको साथै सरल प्राविधिक विधी बारेमा मिस्त्रीहरुलाई जानकारी गराएका थिए ।

उक्त गोष्ठीमा गुणस्तरीय भौतिक संरचना निर्माणको लागि सिमेन्टको गुणस्तर उच्च रहनु पर्ने कुरालाई मध्यनजर गर्दै यस्ता सचेतनामुलक कार्यक्रमहरु आगामी दिनहरुमा समेत देश भरी नै संचालन गर्दै जाने जानकारी गराए ।

शिवम् सिमेन्टले नो कम्प्रोमाइजको नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.