एशियन लाईफले ल्यायो नयाँ बीमा योजना, एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैको सुरक्षा

  २०७५ पुष २४ गते १५:१९     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले पारिवारिक खुशीका पलहरुमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न उक्त योजना प्रचलनमा ल्याएको हो ।

यस योजना अन्तर्गत एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबै जनाको बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने कम्पनीले जनाएको छ । त्यस्तै, ५० हजार रुपैयाँदेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने र ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट पाइने छ ।

यस योजनाको विभिन्न विशेषताहरु जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुट तथा मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमा शुल्क भुक्तानीको सुविधा रहेको छ ।

यस बीमा योजना अन्तर्गत बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाइने छ । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाइने छ ।

त्यस्तै, बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.