आरम्भ माइक्रोफाइनान्सको ७० प्रतिशत हकप्रद पारित, सञ्चालकमा दुई जना नियुक्त

  २०७५ पुष २४ गते १६:३०     विकासन्युज

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार(आज) सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम संस्थाले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको थियो । ७० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ पुगेको छ ।

साथै, सभाले सर्वसाधारण सेयरधनी (समुह ‘ख’) को तर्फबाट २ जनालाई सर्वसम्मत रुपमा सञ्चालक पदमा नियुक्ति गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा सम्पन्न भएकोे उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ का लागि लेखापरीक्षक समेत नियुक्त गरेको छ ।

संस्थाले गत २०७५ मंसीर मसान्तसम्ममा कार्यक्षेत्र रहेको १५ ओटै जिल्लाका विभिन्न स्थानमा २० वटा शाखा कार्यालयहरु मार्फत ग्राहकलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । जसमध्ये ७,८३० सदस्यले कर्जा लिई विभिन्न आयमुलक कार्यमा सहभागी भइ ऋणी सदस्य ५८.१६ प्रतिशत रहेको छ । लगानीमा रहीरहेको कर्जा रकमतर्फ करिब ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने बाँकी बचत तथा कोषतर्फ करिब १२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बचत तथा कर्जा अनुपात ३१.९८ प्रतिशत रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.