२०७५ पुष २४ गते १७:२३ विकासन्युज
काठमाडौँ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.