२०७५ पुष २६ गते १७:४१ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैंकको ११औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफावाट चुक्ता पुँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा निक्षेप २३ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको बैंकले जानकारी गराएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.