नेशनल लाइफ इन्स्योरेन्सले १३ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी तीन अर्ब नाघ्ने

  २०७५ पुष ३० गते १८:३०     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पुस ३० गते अपरान्ह सम्पन्न इन्स्योरेन्स संचालक समितिको बैठकले गरेको हो ।

समितिको प्रस्ताव अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको सो मात्राको सेयर सेयरधनीलाई वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । साथै, उक्त लाभांशमा लाग्ने आय करको लागि समेत व्यवस्था प्रदान गर्ने इन्स्योरेन्सले जनाएको छ ।

संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । साढे १३ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.