२०७५ माघ २ गते १३:२५ विकासन्युज
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने नियुक्त भएका छन् । इन्स्योरेन्सको हालै सम्पन्न संचालक समितिको बैठकले न्यौपानेलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।
नवनियुक्त न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.