नेपाल चेम्बर र भारतको ट्रेड प्रोमोसनबीच समझदारी

  २०७५ माघ २ गते १५:११     विकासन्युज


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच नयाँ दिल्लीमा दुई-पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाको तर्फबाट काउन्सिलका उप-महानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा नेपाल र भारतबीचको ब्यापारलाई दुई-देशको हितमा हुने गरी प्रबद्र्धन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, ब्यापार, बाणिज्य तथा लगानीसंग सम्बन्धित सूचनाको आदान-प्रदानका बिषय समेटिएका छन् ।

’ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन दुई-पक्षीय व्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान, अन्तराष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरु पनि उक्त समझदारी पत्रमा समेटिएको छ ।

चारवटा प्रमुख बुँदा रहेको सो समझदारी पत्रको पहिलो धारा सहकार्यलाई प्रबर्दन गर्ने कुरा उल्लेख छ । त्यसैगरी, दोस्रो बुँदा सूचनाको आदान–प्रदान, तेस्रो ’ट्रेड मिसन’ र चौथो बुँला ब्यापार प्रबर्दनका लागि आयोजना गरिने क्रियाकलापहरुसंग सम्बन्धित रहेको छ ।

नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय ब्यापार र बहु–पक्षीय सम्बन्धलाई बिस्तार गर्ने उद्येश्य अनुरुप हालसम्म बिभिन्न देशका ६६ वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको चेम्बरका निर्देशक हरिप्रकाश चन्दले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.