२०७५ माघ ८ गते १५:५५ विकासन्युज
काठमाडौं । न्याय परिषद सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाल विरुद्ध मुद्दा दायर भएको छ । आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगले ढकाल बिरुद्ध मुद्दा दायर गरेको हो ।
ढकालमाथी परिषदमा रहँदा तलबी भरपाईको जोडजम्मामा फरक पारी खर्च लेखेको अरोप लागेको छ । आर्थिक वर्ष २०७२ ०७३ को लेखापरीक्षण हुँदा लेखापरीक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार राजस्व दाखिला भएको महालेखापरीक्षकको प्रतिवेदन प्राप्त भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा २४ लाख ४६ हजार रुपैंया रकम निकासा गरेका थिए । आयोगले ढकालसँग २४ ला ४६ हजार रुपैंया नै माग दाबी गरेको छ ।
ढकाल हाल खनियावास गाँउपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत रहेका छन् । उनी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.