२०७५ माघ ९ गते १४:२२ विकासन्युज
काठमाडौं । काभ्रेको नागिडाडामा आन्तरिक विमानस्थल नबनाउन संसदीय समितिले प्रतिवेदन पेस गरेको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितीले गठन गरेको उपसमितीले विमानस्थल आवश्यक नरहेको निस्कर्ष निकालेको हो ।
पुर्वप्रधानमन्त्री माधव नेपालको नेतृत्वमा रहेको उपसमितीले विमानस्थल आवश्यक नरहेको प्रतिवेदन समितीमा पेस गरेको छ । समितिले उपसमितीको प्रतिवेदन स्वीकार गर्दै विमानस्थल नबनाउन निर्देशन दिने तयारी गरेको छ ।
सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक विमानस्थल अलग गर्न नाडिडाडामा विमानस्थल बनाउने तयारी गरेको थियो । नागिडाडामा सामान्यभन्दा धेरै खर्च लाग्ने भएपछि यो आयोजना विवादमा तानिएको हो ।
याे पनि हेर्नुहाेस्
Copyright © 2024 Bikash Media Pvt. Ltd.