राजश्व र भन्सारका दर उद्योग व्यवसायलाई संरक्षण गर्न निर्देशित हुनुपर्छः निजीक्षेत्र

  २०७५ माघ ९ गते १८:१४     विकासन्युज


काठमाडौँ । उद्यमी व्यवसायीहरूले भन्सारबाट संकलन हुने राजस्व र भन्सारका दरहरु देश भित्र रहेका उद्योग व्यवसायहरूलाई संरक्षण दिनेतर्फ निर्देशित हुनुपर्ने सुभाव दिंदै व्यापार सहजीकरणको मूलभूत सिद्धान्त अनुसार भन्सार कार्यालयहरू बढी सेवामुखि हुनुपर्नेमा जोड दिएका छन् ।

६७ औं अन्तराष्ट्रिय भंसार दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले सो कुरामा जोड दिएका हुन । व्यवसायीहरूले नचाह“दा नचाह“दै पनि न्यून बिजकीकरण वा अधिक बिजकीकरणको समस्या भोग्नु परेको पनि व्यवसायीहरूको गुनासो थियो ।

भंसार विभागका महानिर्देशक तोयम राया र विभागका निर्देशकहरू सहित वरिष्ठ अधिकारीहरू र उद्यमी व्यवसायीहरू सहभागी कार्यक्रममा कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, सन्दर्भ पुस्तिकालाई खारेज गर्नुपर्ने, बिलबिजक र भन्सार मूल्यांकनको बीचमा १० प्रतिशतसम्म फरक देखिएमा प्रस्तुत बिल बिजकलाई मान्यता दिइनुपर्ने र श्ांका लागेमा भन्सार कार्यालयले घोषित मूल्यमा ५ प्रतिशत थपगरी खरिद गर्ने व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने सुझाव सहभागी उद्यमी व्यवसायीहरूले दिएका थिए ।

भारत सरकारले लागू गरेको जीएसटीलाई मध्यनजर गरी भारतबाट पैठारी हुने सामानमा जीएसटी बिललाई मान्यता दिइनुपर्ने, भारतको जीएसटीका दरहरूलाई बिचार गरी १८ प्रतिशत र सो भन्दा कम जीएसटी दरहरू लाग्ने सामानमा भन्सार महसुल घटाइनुपर्ने आवश्यकता सो अवसरमा औल्याइयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र व्यापार सहजीकरण र लगानीमैत्री वातावरण बन्नु पर्नेमा जोड दिंदै भारतीय प्रान्तिय सरकारहरूले व्यापार तथा लगानी सहजीकरणका लागि अपनाएका रणनीतिहरूका वारे बताए । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको अन्तराष्ट्रिय लगानी आकर्षण गर्ने प्रयासको सराहना गर्दै आन्तरिक लगानी परिचालन हुने वातावरण बनाउने तर्फ पनि सधै चनाखो हुनुपर्ने सुझाव दिए ।

महासंघको कर तथा राजस्व समितिका सभापति अशोककुमार तोदीको पनि उपस्थिति रहेको कार्यक्रममा भंसार विभागका निर्देशक मुक्तिराम आचार्य र महासंघको कर तथा राजस्व समितिका उप-सभापति कृष्ण दुलालले सरकार र निजी क्षेत्रको तर्फबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै भंसार विभागका महानिर्देशक रायाले निजी क्षेत्रबाट निकै महत्वपूर्ण सुझावहरू आएको र विभागका तर्फबाट पनि निकै धेरै सुधारहरू भैरहेको जानकारी गराए । कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सदस्य राजेन्द्र संग्रौलाले धन्यवाद मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.