२०७५ माघ ११ गते १०:०३ विकासन्युज
काठमाडौं । अब सुदुरपश्चिम प्रदेशबाटै श्रम स्वीकृति प्राप्त हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खोलेको हो । श्रम कार्यालय खुलेसँगै त्यहिँबाट श्रम स्वीकृति लिन सकिनेछ ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले श्रम कार्यालयको उद्घाटन गरेका हुन् ।
सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खुलेसँगै अब सातै प्रदेशबाट श्रम स्वीकृति पाइने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.