दक्षिण एसियाली महिला सम्मेलन उद्घाटन

  २०७५ माघ ११ गते १३:०६     विकासन्युज

काठमाडौं । दक्षिण एसियाली महिलाहरुको क्षेत्रीय सम्मेलनको कार्यवाहक प्रधानमन्त्री इश्वर पोख्रेलले उद्घाटन गरेका छन् ।  दक्षिण एसियाका आठै देशका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कार्यवाहक प्रधाानमन्त्री पोखरेलले नेपालको संबिधान र कानूनले गरेको व्यवस्थाको कारणले पछिल्लो समय महिलाको राजनीतिक र नीतिनिर्माणको क्षेत्रमा उपस्थिति गौरव गर्न लायक रहेको बताए ।

यसैबर्ष नेपालमा सम्पन्न भएका निर्बाचनहरु समावेशी र लैंगिक समानताका हिसाबले इतिहास कै ठूलो राजनीतिक सफलता भएको भन्दै उनले नेपालमा महिलाहरुको समग्र क्षेत्रमा प्रतिनिधित्व बड्दै गएको र महिलाका मुद्दाहरु पनि शसक्त बनिरहेको अवस्थामा यस्ता खाले सम्मेलनले अझ उल्लेख्य रुपमा कार्य गर्न महिलाहरुलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले सार्क क्षेत्रका धेरै मिल्दाजुल्दा समस्या रहेको र त्यसका निम्ती साझा समाधान खोज्न यो कार्यशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै अर्का अतिथि सार्कका महासचिव अहमद हुसैनले महिला शसक्तिकरण सार्कको एजेण्डाको प्राथमिकतामा रहेको बताए ।
युनिफिम साउथ एसियाकी पूर्वप्रमुख चाँदनी जोशीले यो सम्मेलन लैंगिकताको यात्राको पुनर्मिलन रहेको र दक्षिण एसियाली महिलाहरुले महिला हिंसा बिरुद्ध ठूलो आवाज निकाल्न एकबद्ध हुनुको बिकल्प नरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.