घरघरमा इन्डक्सन चुल्हो, सडकमा इलेक्ट्रिक सवारी

  २०७५ माघ ११ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपालको विद्युत उत्पादन क्षमता बढ्दै जादाँ सरकारले इलेक्ट्रिक सामाग्रीमा ध्यान बढाएको छ । हाल भारतसँग ५ सय मेगावट बिजुली खरिद गरिरको अवस्थामा इलेक्ट्रिक सवारी र इन्डक्सन चुल्होमा लगानी बढाउन चाहेको हो ।

इन्डक्सन चुल्होको विस्तार गर्न शुक्रबारबाट बजारमुखि प्रवद्र्धन राष्ट्रिय अभियान सुरु भएको छ । सन् २०२२ सम्ममा प्रत्येक घरमा विद्युतिय चुल्हो पुर्याउन यस अभियानको सुरु भएको हो ।

अभियानको सुरुवात गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अब पेट्रोलिय पदार्थको आयतमा भारी कटौति हुने बताए । उनले विद्युतिय क्षेत्रको प्राविधिक समस्या हटाई प्रत्येक घरमा इन्डक्सन चुल्हो जडान गर्ने बताए । ‘प्रत्येक नेपाली नागरिकले विद्युतको शेयरमा लगानी गर्नेछ, यसबाट करिब ६ खर्ब रकम उठ्नेछ मन्त्री पुनले भने त्यसपछि खर्बौको इन्धन आयत हुने दिन सकिन्छ ।’

अभियनमा ऐक्यबद्धता जनाउदै विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले माग सन्तुलनबाटै लोडसेडिङ हटाउन सफल भएको दाबी गरे । ‘देशभरको विद्युतको माग करिब २ हजार मेगावट रहेको थियो यो समस्या विद्युत चुहावटबाट उब्जिएको हो घिसिङले भने चुहावट १३ प्रतिशतमा सिमित गर्दा माग पनि घटेर १३ सय मेगावाटमा आयो ।’ उनले ट्रान्सफर्मर समस्याकै कारण अहिले विद्युत प्रवाहमा समस्या आएको बताए ।

यो सँगै सरकारले विद्युतिय सवारी र इन्डक्सन चुल्होको विकासमा ध्यान दिएको छ । सरकारले उपत्यकामा विद्युतिय सवारीको लागि ३ सय इलेक्ट्रिक बस किन्ने तयारी थालेको छ । बस खरिदका लागि हाल भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अध्यान गरिरहेको प्रवक्ता शिवहरी सावकोटाले बताए ।

पेट्रोलिय पदार्थ भन्दा विद्युतको प्रयोग सस्तो पर्ने सरोकार निकायहरुले दाबी गरिरहेका छन् । विद्युतविद अनन्त नकर्मीका अनुसार २०१९ मा गरिएको एक अध्ययन अनुसार ५ जना परिवार रहेको परिवारमा एलपीजी ग्यास भन्दा इन्डक्शन चुल्हो ३ सय ८४ रुपैंया सस्तो पर्ने देखाएको छ । अर्थात एलपीजी ग्याँस प्रयोग गर्दा १४ सय ७८ रुपैंया खर्च हुनेछ भने विद्युतिय चुल्होको प्रयोग गर्दा ११ सय १४ रुपैंया पर्नेछ ।

यसैगरी विद्युतिय सवारीमा पनि पेट्रोल डिजेल भन्दा निकै सस्तो पर्ने देखिएको छ । एउटा समान्य विद्युतिय कारको ब्याट्री पुर्ण चार्ज हुदाँ २७ युनिट विद्युत विजुली खर्च हुनेछ जसको बजार मूल्य २७० रुपैंया पर्ने गर्दछ । यसबाट २१२ किलोमिटर गुडाउन सकिनेछ । यसरी हेर्दा पेट्रोल डिजेलको सवारी भन्दा विद्युतिय सवारी ४ गुणा सस्तो पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.