२०७५ माघ १२ गते १३:३० विकासन्युज
काठमाडौँ । एयरबस हेलिकोप्टर्स र युरोपियन नागरिक उडड्यन सुरक्षा एजेन्सी(इएएसए) ले यही माघ १० र ११ गते काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा परेका विश्वको उत्कृष्ट अभ्यासहरु र जोखिम न्यूनीकरणका विषयमा छलफल गरिएको थियो ।
नेपाल नागरिक उडड्यन प्राधिकरण (सिएएएन) को संयोजकत्व रहेको सो गोष्ठी विशेष गरेर हेलिकोप्टर उडानमा केन्द्रित रह्यो । जसमा एयरबस हेलिकोप्टर्स र इएएसएका विज्ञहरु, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञहरुबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए ।
“यहाँको उच्चभौगोलिक अवस्था, असुविधाजनक भूभाग र कठिन मौसमी अवस्थाहरुको कारण नेपालको हेलिकोप्टर उडान सम्भवतः विश्वको अप्ठ्यारा उडानहरु मध्येकै एकमा पर्दछ ।”सिएएएनका महानिर्देशक सञ्जय गौतमले भने ।
एयरबसले नेपालको हेलिकोप्टर बजारको ६३ प्रतिशत हिस्सा ओगटेको छ । हाल, देशमा २७ वटा एयरबस एक्यूरियुल हेलिकोप्टरहरुले उडान भरिरहेका छन् । आफ्ना सबै उडानहरुमा सुरक्षाप्रबन्धलाई विशेष चासो दिने हाम्रो कटिबद्धतालाई ध्यानमा राखेर एयरबस हेलिकोप्टर्सले विश्वभर नै सुरक्षा सडक प्रदर्शनीहरु संचालन गर्दै आइरहेको छ । सन् २०१६ पछि नेपालमा एयरबसले आयोजना गरेको यो दोस्रो सुरक्षा गोष्ठी हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.