भुटानी शरणार्थी शिविर अब स्मृति पुष्प बगैँचामा परिणत हुँदै, २०२० सम्म निर्माण सम्पन्न

  २०७५ माघ १३ गते १३:३६     विकासन्युज

काठमाडौं । झापाको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ ।अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र शरणार्थीको स्मृतिमा रु ९४ लाखको लागतमा सो बगैँचा निर्माण हुन लागेको हो । १० कठ्ठा जमीनको क्षेत्रमा विसं २०४८ देखि २०६८ सम्म भुटानी शरणार्थीले बसोवस गरेका थिए ।

उक्त बगैँचा सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य रहेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । ‘ बगैँचाका लागि प्रदेश सरकारले यस पटक रु १० लाख प्रदान गरेको छ’ भने नगरपालिका र अन्य पक्षसँगको सहकार्यमा निर्धारित समयमै बगैँचा निर्माण गरिने छ ।” भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना भएपछि सो क्षेत्रको सरकारको पर्यापर्यटन नीतिअनुरुप पर्यटकीय स्थल बनाउन लागिएको नगरप्रमुख रानाले बताएका छन् ।

दुई सय मिटर लम्बाइ, १६० मिटर चौडाइको सो बगैँचाका लागि इञ्जिनीयर लोकबहादुर तामाङले लागत योजना तयार भएको छ । बगैँचाको बीचमा पोखरी र त्यसमा चार वटा पुल, स्मृति स्तम्भलगायत पूर्वाधार निर्माण गर्नाका साथै शरणार्थीको इतिहास नेपाली र अङ्ग्रेजी दुबै भाषामा लिपिबद्ध गरेर राखिने जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.