२०७५ माघ १३ गते १७:३२ विकासन्युज
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको शाखा प्रदेश नं ७मा विस्तार भएको छ । उक्त प्रदेशकाे अत्तरीया नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदबाट यस कम्पनीको अत्तरीयाशाखा कार्यालय रप्रदेश नं ७ लम्की नगरपालिका नगर प्रमुख महादेव बजगाईबाट यस कम्पनीको लम्कीशाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
त्यस्तै मा प्रदेश नं ७ दिपायल नगरपालिका नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको उद्घाटन भएको हो । प्रदेश नं ७ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीबाट यस कम्पनीको बेलौरी शाखा कार्यालयको रिवन काटी उद्घाटन गरेका थिए ।
उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाई समेतको उपस्थिती रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.