२०७५ माघ १४ गते १६:०९ विकासन्युज
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख १४ हजार ६५१ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
सोमबार मात्रै बोर्डले कम्पनीको अनुमति बमोजिम ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । अब इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.