सन् २०१८ मा हङकङको व्यापार घाटा ७२ अर्ब डलरभन्दा बढि

  २०७५ माघ १५ गते ११:१८     विकासन्युज

काठमाडौं । सन् २०१८ मा हङकङको व्यापार घाटा ७२ अर्ब डलरभन्दा बढि भएको छ । हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ ।

यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा भएको सरकारका प्रवक्ताले गत बर्षको शुरूको समयमा कारोबारमा मजबुत नतिजा देखिउँदै बताएका थिए ।

सामान निर्यातका र आयात दुवैमा गत बर्ष वृद्धि देखिएको हो । तर बर्षको अन्त्य अर्थात् डिसेम्बरमा हङकङको सामान कुल निर्यात र कुल आयातमा विगत दुई बर्षको तुलनामा क्रमशः तुलनामा ५.६ प्रतिशत र ७ प्रतिशतको न्यूनता देखिएको थियो ।

देखिने व्यापार घाटा डिसेम्बरमा ५१.२ हङकङ डलर अर्थात् आयात भएको सामानको मूल्यको १३.१ प्रतिशत रेकर्ड भएको छ । सन् २०१८ को चौथो चौमासिकमा अघिल्लो बर्षको तुलनामा निर्यात सामानको मूल्यमा ३.२ प्रतिशत कमी रहेको देखिएको छ भने आयात गरिएका सामानको मूल्यमा ५.१ प्रतिशतको ह्रास देखिएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.