नक्कली ब्लु-बुक बनाइ देश विकास बैंकको २ करोड १० लाख ऋण लिने ८ जना पक्राउ

  २०७५ माघ १५ गते ११:३८     विकासन्युज

काठमाडौं । देव बिकास बैंकको विभिन्न शाखाहरुबाट सवारी कर्जा लिने ११ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यरो सीआइबीले ठगी गर्ने ८ जनालाई पक्राउ गरेको हो ।

८  जनाले कार्यालयको कर्मचारी र मुल्यांकनकर्तालाई सवारी साधन देखाई यातायात कार्यालयबाट प्राप्त प्रतिलिपी ब्लु बुकमा गलत विवरण सहित सहि छाप गरी सुरक्षण स्वरुप बैंकमा धितो राखी रकम निकासा गरेका थिए ।

विभिन्न ११ वटा ऋणीहरुको नाममा नक्कली कागजातहरु तयार पारी कर्जा लिई बैंकलाई हानि नोक्सानी गर्ने कार्यको मुख्य योजनाकार नारायण बहादुर श्रेष्ठ रहेको सिआइबीले जनाएको छ ।

८ जना मानिसहरुलाई मिति २०७५।०८।२५ गते देखि विभिन्न मितिमा जिल्ला मोरङ, काभ्रे र काठमाण्डौं लगायतका स्थानबाट पक्राउ गरिएको हो । उनीहरु विरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत किर्ते कागजको महल बमोजिमको कसुरमा समेत अनुसन्धान पुरा गरी बैंकिङ कसूर तर्फको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालय माईतिघर काठमाण्डौं र सरकारी छाप दस्तखत किर्ते तर्फको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाण्डौं र ललितपुर समक्ष पेश गरिएको सिआइबीका प्रवक्ता उमाप्रसाद चर्तुदेवीले जानकारी दिए ।

पक्राउ परेका मानिसहरु

१. काभ्रे साविक सापिङ ४ हाल भुम्लु गाउँपालिका वडा नं १ स्थाई वतन भएका वर्ष ३६ को नारायण श्रेष्ठ

२.काभ्रे साविक सापिङ ४ हाल भुम्लु गाउँपालिका वडा नं १ स्थाई वतन भएका वर्ष ३० को बालकृष्ण श्रेष्ठ

३ काभ्रे साविक सापिङ ४ हाल भुम्लु गाउँपालिका वडा नं १ स्थाई वतन भएका वर्ष ३४ को चेत बहादुर श्रेष्ठ

४. काभ्रे साविक सापिङ ४ हाल भुम्लु गाउँपालिका वडा नं १ स्थाई वतन भएका वर्ष २६ को विकास श्रेष्ठ

५.काभ्रे साविक सापिङ ४ हाल भुम्लु गाउँपालिका वडा नं १ स्थाई वतन भएका वर्ष ३२ को नविन श्रेष्ठ

६. काभ्रे, चौबास ४ हाल गोठाटार काठमाण्डौ बस्ने बर्ष ४२ को कृष्ण बहादुर खत्री

७. जिल्ला पर्सा , गवहा विरगंज घर भइ हाल जि। ललितपुर ज्वागल १० बस्ने नेरश मान सिंह अमात्य

८. का.म.न.पा. वडा नं. २३, बस्ने वर्ष ३७ को सरिन शंकर श्रेष्ठ तत्कालिन देव बिकास बैकका शाखा प्रबन्धक

अनुसन्धानबाट खुल्न आएका कुराहरु

१.देब विकास बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपी व्लु वुकमा नक्कली डाटा तयार गर्नुका साथै आफु अनुकुलका विवरणहरु राखि बैंकमा पेश गर्ने गरेको ।

२. विभिन्न व्यक्तिहरुलाई विभिन्न मितिमा ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी रु। २,७१,७६००० ( दुई करोड एकहतर लाख छयात्तर हजार कर्जा स्वीकृत गर्न सफल भएको

३. सम्पूर्ण कर्जा फाइलमा आम्दानी को स्रोतमा राखिएको सबारी साधनको विवरण लगायतको कागजात समेत नक्कली तयार पारि कर्जा फाईलमा समावेश गरेको पाईएको ।

४. ऋणी नारायण श्रेष्ठ गाडी किनबेचमा आवद्द रही यातयात कार्यालयमा सजिलै प्रबेश पाउने हैसियत बनाएको देखिएको,

५. तत्कालिन बैक म्यानेजरले ऋण प्रवाहमा गर्दा आफ्नो कर्जा सिमा नाघि कर्जा स्विकृत गरेको पाईएको ।

६. हाल बैंकलाई रु २,१०,०८,९२६ अक्षरुपी दुई करोड दश लाख आठ हजार नौ सय छव्विस रुपैया हानी नोक्सानी पुर्याएको देखिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.