२०७५ माघ २१ गते ९:३८ विकासन्युज
काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा सूचना प्रवाहको व्यवस्था गर्न भनेको हो ।
यसँगै वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ । हाल २३७ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा रहेका छन् । त्यस्तै ४० वटा बीमा कम्पनी सञ्चालनमा छन् ।
सूचना आयोगले १८० वटा राजनीतिक दल, ६२ वटा सार्वजनिक संस्थान र २५७ वटा आईएनजिओले समेत सूचना अधिकारी मार्फत सूचना प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.