जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच स्वतन्त्र व्यापार सम्बन्धि वार्ता

  २०७५ माघ २२ गते ११:१०     विकासन्युज

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबे र जापान भ्रमणमा रहेका जर्मन चान्सलरबीच भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भएको छ । जापान र यूरोपेली यूनियनबीच भएको सम्झौता अनुरूप स्वतन्त्र व्यापार कार्यान्वयनमा आएको छ ।

जापान र जर्मनीले स्वतन्त्र तथा खुला आर्थिक प्रणालीलाई स्थापित गर्न र मजबुत पार्न निकटमा रहेर काम गर्नेछन्, जापानी प्रधानमन्त्री आबेले मर्केलसँगको भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भएको थियो। जापानसँगको स्वतन्त्र व्यापार सहमतिले विश्वलाई महत्वपूर्ण सन्देश दिनेछ,” मर्केलले बताए ।

भेटमा जापान र जर्मनीका उच्च अधिकारीबीच बेलायतको इयूबाट हुने बहिर्गमन र यसबाट उक्त षेत्रमा पर्ने प्रभावका कारेमा छलफल भएको थियो । बेलायतमा काम गरिरहेका जापानी कम्पनीबारेमा चासो देखाउँदै आवेले मर्केलसँग भने बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) सम्झौताबिना नै बेलायतले इयू छोड्नुपर्ने अवस्था आउन नहुने जनाए ।

यसबाट विश्वव्यापी अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु पर्ने बताए। बेलायतको हाउस अफ कमन्सले गत जनवरीमा इयूसँग बेलायती प्रधानमन्त्री टरिजा मेले गरेको सम्झौता बेलायतको पक्षमा नभएको भन्दै विफल पारिदिएको थियो । संसदले प्रधानमन्त्रीलाई पुनः वार्ताका लागि जनादेश दिएको छ तर जर्मनी, फ्रान्सलगायत यूरोपेली मुलुक थप वार्ताका लागि तयार देखिएका छैनन् । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.