२०७५ फागुन ३ गते १६:५० विकासन्युज
काठमाडौँ । सन नेपाल लाइफइन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैँकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कञ्चन डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गरे ।
सम्झौता अन्र्तगत कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.