हेलिकप्टर दुर्घटना अपडेट: नेपाली सेनाको एनआई १७ हेलिकप्टरबाट सात जनाको शव काठमाडौं ल्याइँदै

  २०७५ फागुन १५ गते १६:५४     विकासन्युज

काठमाडौं । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । घटनास्थलमा अहिले शव संकलनको काम भैरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना ताप्लेजुङको पाथीभारा मन्दिरबाट डेढ किलोमिटर टाढा तारेभीरमा भएको हो । घटनास्थलमा स्थानीय वासिन्दा, प्रहरी र नेपाली सेनाले शव संकलन भैरहेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । घटनास्थलसम्म शव ल्याइपुग्न २ घण्टा लाग्ने बताइएको छ ।

घटनास्थलको भौगोलिक अवस्था निकै कठीन भएकोले शव विमानस्थलसम्म ल्याउन असहज रहेको स्थानीय वासिन्दा उमानाथ पौडेलले जानकारी दिए ।

घटनामा परि मन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका सञ्चालक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे र क्याप्टेन क्याप्टेन प्रभाकर केसीको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.