राष्ट्र बैंकले आइतबार ११ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

  २०७५ फागुन १८ गते १२:०२     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ ।

यसअघि बैंकले यही फागुन १३ गते पनि दुई अर्ब २३ करोड बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.