२०७५ फागुन १८ गते १७:२१ विकासन्युज
काठमाडौँ । नेकपाका नेता, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था निकै गम्भीर रहेको छ । ह्याम्स अस्पतालले आज पत्रकार सम्मेलन मार्फत अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको जनाएको हो ।
महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताए, स्वास्थ्य अवस्था खस्कदै गएको पत्रकार सम्मेलनमा बताइयो । सो अस्पतालमा नेता अधिकारीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ ।
गत माघ २ गते ८४ वर्षिय अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो । नेता अधिकारीको छातीमा समस्या देखिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.