२०७५ फागुन २० गते १२:५४ विकासन्युज
काठमाडौँ । दोलखाको जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ र प्राइम कमर्सियल बैंक लि.को संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग बाणिज्य संघका सदस्यहरुलाई बित्तीय साक्षरता प्रदान गरिएको छ । आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठको प्रमुख आतिथ्यमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवम् अबसरका बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिए ।
उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायतको उपस्थिति रहेको बैंकका महाप्रबन्धक संजीव प्रबन्धक मानन्धरले जनाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.