अर्बपति सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा, संसारकै कान्छी बिलिनियरमा २१ वर्षीय काइली जेनर

  २०७५ फागुन २२ गते १८:३६     विकासन्युज

काठमाडौ। चर्चित नेपाली उद्यमी विनोद चौधरी १.७ बिलियन अमेरिकी डलर (एक खर्ब ७० अर्ब रुपैयाँ) सम्पत्तिको साथ फोर्ब्सको अर्बपति सूचीमा १३४९ औं स्थानमा परेका छन् । अमेरिकाको चर्चित फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको २०१९ को अर्वपतिको सुचिमा उनी १५६१ औं स्थानबाट २१२ स्थान माथि उक्लिएका हुन्।

फोर्ब्सका अनुसार एक वर्षमा चौधरीको २० अर्ब रूपैयाँ सम्पत्ति थपिएको छ । गत बर्ष उनको सम्पत्ति १.५ बिलियन अमेरिकी डलर रहेको थियो । फोर्ब्सले सार्वजनिक गर्ने अर्बपतिको सुचिमा चौधरी एक मात्र नेपाली हुन् ।

६३ वर्षीय चौधरीको विभिन्न व्यवसायमा संलग्न छन् । वाईवाइ चाउचाउ उनको सबैभन्दा चर्चित उत्पादन मानिन्छ जुन भारत, बंगलादेश, सर्बिया, साउदी अरेबियामा समेत लोकप्रिय रहेको छ । उनको सम्पत्तिको सबैभन्दा ठुलो श्रोत नबिल बैंक रहेको छ भने उनी सिजी कम्पनी अन्तर्गत होटल, खाना, इलेक्ट्रोनिक्सको पनि व्यावसाय गर्दछन् ।

मार्क जुकरबर्गको रेकर्डलाई तोड्दै अमेरिकी मोडल काईली जेनर

सबैभन्दा कम उमेरकी बिलिनियरमा २१ वर्षीय अमेरिकी मोडल तथा मेकअप व्यावसायी काईली जेनर परेकी छिन् । फेसबुक मालिक मार्क जुकरबर्ग २३ वर्षमा पाएको रेकर्डलाई तोडदै उनी सबैभन्दा कम उमेरकी बिलिनियरमा परेकी हुन्।

फोर्ब्सको अनुमान अनुसार जेनरको कम्पनी काइली कस्मेटिक्सले  कम्तीमा ९०० मिलियन डलरको रहेको छ र यो सबै सत प्रतिसत उनकै हो ।

फोर्ब्सले उनलाई आफ्नै मेहनतबाट बनेको बिलिनियरको उपनाम दिएको छ, जुन अहिले सोसल मिडियामा विवादस्पद बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.