एनसीसी बैंकको ब्रान्ड एम्ब्यासडरमा आरिफ शेख र रोहितकुमार नियुक्त, मासिक २५ हजार दिने घोषणा

  २०७५ फागुन २२ गते १९:१२     विकासन्युज


काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) ले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीहरु आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा दुई वर्षको लागि नियुक्त गरेको छ ।

बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई फागुन २२ गते पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आरिफ शेख र रोहितकुमार पौडेलले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए ।

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदयमान खेलाडीद्वय आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा आबद्द्ध गराउन पाउँदा खुशी लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आरिफ शेख र रोहित कुमार पौडेलजस्ता युवा खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए । साथै बैंकले यी खेलाडीहरुको वृत्ति विकासको लागि मासिक २५ हजार दिने जानकारी दिए ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले आरिफ शेख र रोहितकुमार पौडेललाई आफ्नो ब्रान्ड एम्ब्यासडर बनाएर सराहनीय कार्य गरेको मन्तब्य दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.