२०७५ फागुन २७ गते १७:५२ विकासन्युज
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा नयाँ शाखा स्थापना गरेको छ ।
बैंकले सोमबार ६९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
बैंक संचालक समितिका सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.