२०७५ चैत १० गते १३:५६ विकासन्युज
काठमाडौं । सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टसंग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान)को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व पर्यटन तथा सस्कृति मन्त्री कृयाशुर शेर्पाले संघको औपचारिक शुभारम्भ भएको घोषणा गरे ।
सो अवसरमा ब्यवस्थापन संघ, नेपालका अध्यक्ष लबबहादुर कार्कीले मनोरन्जन क्षेत्र मध्ये पनि सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवम् प्रतियोगिताले समाज परिर्वतनसँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको र बताए ।
त्यसैगरि, संघका प्रवक्ता सरोज ओझाले संघ स्थापना गर्नुको उदेश्य बारेमा पत्रकारहरुले राखेको सवालको जवाफ दिदै सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टसंग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता आयोजनाको क्षेत्रमा देखिदै आएका विकृति बिसंगतीलाई निरुत्साहित गर्दै कार्यक्रम व्यवस्थापनको कार्यलाई थप ब्यवस्थित तुल्याउन तथा ईभेन्ट कम्पनीहरुको पेशागत हकहित, अनुशासन र मर्यादाका लागि एक आपसमा मेलमिलापको भावनालाई जागृत गराउने बताए ।
संघका सल्लाहकार सिताराम पोखरेलले संघले आफ्नो संगठनलाई सशक्त पार्दै अघि बढाउन ध्यान केन्द्रित गर्नूपर्ने बताए । संघका उपाध्यक्ष शान्ता लामाले ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बिकृति बिसंगति रहेको औल्याउँदै आगामी दिनमा संघले यस्ता ईभेन्टलाई ब्यवस्थित गराउन खवरदारी गर्ने बताईन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका सल्लाहकार उज्जवल जंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
संघको विधिवत दर्ता लगत्तै गत चैत्र ०७ गते नुवाकोटको बिदुर नगरपालिका ३ स्थित चन्डि आधारभुत बिद्यालयमा मिलाप फाउण्डेसनसँगको सहकार्यमा १५२ जना विधार्थीहरुलाई संघले खेलकुद एबम स्टेशनरी सामाग्री तथा ब्याग वितरण गरेको संघका प्रवक्ता सरोज ओझाले जानकारी दिए ।
कार्यक्रम ब्यवस्थापन संघ, नेपालमा को को छ्न् :
संघको अध्यक्षमा लव बहादुर कार्की, उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग, महासचिव सावित्री ढुङ्गाना, प्रवक्ता सरोज ओझा, सचिव सोनीतराज ढुङ्गेल, सहसचिव डेविलसिहं राजपुत, कोषाध्यक्ष राज लुईटेल, सहकोषाध्यक्ष टेकराज पाण्डे र कार्यसमिती सदस्य मोनीत महर्जन, तृष्णा गुरुङ्ग, प्रदिपराज वन्त, सुरज थापा र सपना राई रहेका छन् । त्यसैगरी संस्थापक सदस्यहरुमा गोकर्ण लामीछाने (नुवाकोट), राजिव दियाली (मोरङ्ग), सविना श्रेष्ठ (धनगढी), समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र अशोक तामाङ रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.