आशा लघुवित्तले तनहुँका ७५ महिलालाई दियो सीपमूलक तालिम

  २०७५ चैत १० गते १६:१७     विकासन्युज

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले चैत्र ८, ९ र १० गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ ।

वित्तीय संस्थाले शाखा कार्यालय भानू, तनहुँमा आबद्ध सदस्यहरु मध्ये ७५ जनामहिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने साबुन बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखाप्रमुख रिता श्रेष्ठले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वित्तीय संस्थामाकार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.