एनबीआई र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

  २०७५ चैत २५ गते १९:१९     विकासन्युज


काठमाडौँ । नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनबीआई) र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि आइतबार सम्झौता भएको छ । उक्त सम्झौतामा नेशनल बैंकिङ ईन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाईल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।

साथै, बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.