२०७५ चैत २६ गते १५:०९ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।
आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता र रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता बोनस सेयर सूचीकरण भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.